सांकेतिक तस्वीर

देश/प्रदेश

सप्तरीमा एक हप्ताभित्र दुई युवकको शव फेला

By खबरहब

May 22, 2023

सप्तरी– एक हप्ताभित्र सप्तरीमा हत्या गरिएको अवस्थामा दुई युवकको शव फेला परेको छ ।  हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरस्थित खेतमा सोमबार बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए । 

२५ वर्षका जस्तो देखिने युवकको घाँटी काटेर हत्या गरेको अवस्थामा शव भेटिएपछि स्थानीय त्रसित छन् । अहिलेसम्म शवको पहिचान हुन सकेको छैन । घटनाको  विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहको भनाइ छ ।

यसअघि गत ३१ वैशाखमा शम्भुनाथ नगरपालिका–२ बस्ने मो. लुकमानको २४ वर्षीय छोरा मो.तफेजुलको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।