सांकेतिक तस्बिर

देश/प्रदेश

करेन्ट लागेर रामेछापमा एक जनाको मृत्यु

By खबरहब

May 22, 2023

काठमाडौं– रामेछाप लिखु तामाकोसी गाउँपालिका-२, सिरिसेमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

सोमबार दिउँसो लिखु खोलामा माछा मार्न लगेको तारबाट करेन्ट प्रवाह हुँदा २९ वर्षीय सुवास कार्कीको मृत्यु भएको सिरिसे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार्की नुहाउन लिखु खोलामा गएका थिए । 

नुहाइसकेपछि कपडा सुकाएको र त्यसपश्चात् खोलामा माछा मार्नका लागि आफैँले लगेको तारबाट करेन्ट प्रवाह हुँदा उनको मृत्यु भएको बताइएको छ । स्थानीय अर्का एक युवकले बङ्गुरलाई चारो दिने क्रममा कार्की छटपटाएको देखेपछि स्थानीय र प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।