ब्रेकिङ स्टोरी

नयाँ खुलेका पार्टी उर्लँदो खहरे : रमेश लेखक

By खबरहब

July 22, 2023

रामेछाप– नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नयाँ दललाई खहरेको संज्ञा दिएका छन । बीपी स्मृति दिवसका अवसरमा रामेछाप आएका प्रमुख सचेतक लेखकले पुराना पार्टीबाट नै निकास निस्कने दाबीसमेत गरेका छन ।

रामेछापको भंगेरीमा आयोजित वृक्षारोपण कार्यक्रमका लागि प्रमुख अतिथि भएर आएका लेखकले भने, ‘कांग्रेस सुख्खायाम मानिने हिउँदको मंसिर पुसमा पनि उत्तिकै लयमा बग्ने नदी समान पार्टी हो, अरु खहरे हुन्, ती मंसिर आए पछि देखिँदा पनि देखिदैनन् ।’ 

पार्टीका संस्थापक बीपी कोइराला कांग्रेसको नेता मात्रै नभएर महामानवसमेत भएको बताउँदै खरेलले हरेक कांग्रेसले बीपीको सिद्धान्तमा हिँडनु पर्ने र उनका बिचार अनुसरण गर्नुपर्नेमा जोड गरेका छन् ।