राजनीति

सुनसरीको इनरुवामा बिपीको सालिक अनावरण

By खबरहब

July 22, 2023

इनरुवा- बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा सुनसरीको इनरुवामा उनको पूर्णकदको सालिक अनावरण गरिएको छ ।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरे ।

इनरुवा नगरपालिकाको रु १५ लाखको लागतमा सालिक निर्माण गरिएको पार्टीका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए ।