ब्रेकिङ स्टोरी

मलाई पनि समाजवादी मोर्चामा बोलाएको भए औचित्य पुष्टि हुन्थ्यो, बोलाइएन : वामदेव गौतम

By खबरहब

July 22, 2023

काठमाडौँ- नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले समाजवादी मोर्चाको औचित्य पुष्टि हुन नसकेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा गौतमले आफूलाई मोर्चामा सहभागी गराएको भए संविधानमा उल्लेख समाजवादको औचित्य पुष्टि हुने भएपनि आफूलाई नबोलाएको तर्क गरे ।

समाजवादी मोर्चा किन बनाउनुपर्‍यो भन्ने प्रश्न गर्दै गौतमले भने मोर्चामा आफूलाई बोलाएको भए आफूले पनि समाजवादबारे आफ्नो विचार र प्रस्ताव अघि सार्ने उल्लेख गरे ।

आफू गृहमन्त्री हुँदा सुन काण्ड नभएको पनि दाबी गर्दै उनले सो समयमा आफूलाई सरकारबाट कसरी हटाउने भन्नेबारे आवाज उठाइएको जिकिर गरे ।

गौतमले आफू गृहमन्त्री भएका बेला शान्ति सुरक्षा थप बलियो भएको र आफूले गरेका कामलाई सबैले प्रसंसा गरेको दाबी गरे । सुन तस्करीको सवालमा अहिले यो सुन कुन देशबाट आयो भन्ने पनि महत्वपूर्ण विषय भएको र तस्करहरुले कस्तो जालो फैलाएका रहेछन भन्ने स्पष्ट भएको उनले बताए ।