राजनीति

नेकपा एसको केन्द्रीय कमिटीको बैठक जारी

By खबरहब

August 22, 2023

काठमाडौं– नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

हिजो सम्म पोलिटब्युरो समितिको बैठकमा व्यस्त रहेको नेकपा एसको आजबाट केन्द्रीय समिति बैठक सुरु भएको हो । ललितपुरको बालकुमारीस्थित एक पार्टी प्यालेसमा आजदेखि सुरु भएको बैठक तीन दिनसम्म चल्ने छ ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारका विषयमा छलफल हुने नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

केन्द्रिय कमिटीको छैटौँ बैठकमा महासचिव घनश्याम भुषालले आफनो धारणा राखेका छन ।