ब्रेकिङ स्टोरी

राष्ट्रियसभामा एमालेको अवरोध कायमै, भदौ १० गते पुनः बस्नेगरी बैठक स्थगित

By खबरहब

August 22, 2023

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित भएको छ ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सुन तस्करी प्रकरण र यसको छानबिनका लागि उच्चस्तरीय समितिको विषयलाई लिएर एमालेले अवरोध गरेको हो ।

एमालेको अवरोधपछि भदौ १० गते आइतबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बैठक स्थगित गरिएको हो ।

गत १० साउनयता एमाालेले सदन अवरुद्ध गर्दै आएको छ ।