तस्वीर- पिटर डेल्ला पेना/क्रिकइन्फो

क्रिकेट

सन्दीप लामिछाने एसिया कप खेल्न नजाने

By खबरहब

August 22, 2023

काठमाडौँ- राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने एसिया कप खेल्न नजाने भएका छन् । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल क्रिकेट संघ क्यानले सन्दीप एसिया कप खेल्न नजाने जानकारी दिएको हो ।

एसिया कप खेल्न नेपाली टोली मंगलबार राति पाकिस्तान प्रस्थान गर्ने कार्यक्रम छ । एसिया कप आगामी भदौ १३ गतेबाट सुरु हुँदैछ ।

एसिया कप क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलंकामा हुँदैछ । नेपाल घरेलु टोली पाकिस्तान र भारतको समूहमा रहेको छ । नेपालले पाकिस्तानसँग पाकिस्तानमा र भारतसँग श्रीलंकामा खेल्नेछ ।

नेपाल र पाकिस्तानबीचको उद्घाटन खेल मुल्तानमा भदौ १३ मा हुनेछ भने भारतसँगको खेल श्रीलंकाको क्यान्डिमा भदौं १८ मा हुने तय भएको छ ।