प्रतिकात्मक तस्वीर

अन्य

विराटनगरका डाक्टरले निःसन्तान दम्पत्तिलाई शिशु बेचेपछि…

By खबरहब

August 22, 2023

विराटनगर- विराटनगरको ग्रीनक्रस अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. तपेश्वरलाल कर्णले शिशु बेचेको खुलेको छ । उनले निःसन्तान दम्पतीलाई शिशु बेचेको प्रहरीले जनाएको छ ।

डाक्टर कर्णले अस्पतालबाट असार १४ गतेदेखि बेपत्ता शिशु मोरङको कटहरी गाउँपालिकाकी दिलमाया राजवंशीलाई बेचेका थिए । ती शिशुलाई प्रहरीले मोरङको कटहरीबाट उद्धार गरेको छ । शिशुको अवस्था सामान्य रहेको जनाइएको छ ।

शिशुलाई बेपत्ता पारेको आरोपमा प्रहरीले डा. कर्ण र अर्का एक युवकलाई पक्राउ गरिसकेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा डा. कर्णकै संलग्नतामा ५० हजार रुपैयाँमा शिशु बिक्री गरेको देखिएको प्रहरीले जनाएको छ ।