ब्रेकिङ स्टोरी

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

By खबरहब

November 22, 2023

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् ।

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री दाहाल आज बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेका थिए ।

आज बिहान भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

भेटका अवसरमा उनीहरूबीच समसामयिक विषयमा समेत छलफल भएको थियो ।