राजनीति

एमाले केन्द्रीय कमिटी बैठक सुरु

By खबरहब

November 22, 2023

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसिरहेको छ । 

पार्टीले यही मङ्सिर १४ गतेदेखि एमालेले सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ दार्चुलाको झुलाघाटबाट सुरु गर्दै छ ।