ब्रेकिङ स्टोरी

नयाँ कार्यकक्षमा प्रधानमन्त्री प्रचण्ड

By खबरहब

November 22, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबलीकरण गरी पुननिर्माण गरिएको सिंहदरबारको प्रधानमन्त्री कार्यकक्षबाट काम गर्न सुरु गरेका छन् ।

विसं २०७२ को भूकम्पले क्षति पुगेको उक्त भवनको पुननिर्माण सम्पन्न भएपछि बुधबार प्रधानमन्त्री प्रचण्डले सोहि भवनबाट काम गर्न सुरु गरेका हुन् ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको पछिल्लो भागबाट अघिल्लो भागमा सरेको र कामको प्रकृति पनि नयाँ ढंगले अघि बढ्ने संकल्प गरे । १२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्ताको तस्तै राखेर भूकम्पबाट भएको क्षतिपछि रेट्रोफिटिङ पुरा भएको उनले बताए ।

उनले पुननिर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नयाँ शुभारम्भले नयाँ गति पक्रने र एकतावद्ध हुन मद्दत पुग्ने धारणा राखे ।