सांकेतिक तस्बिर

अपराध

लागूऔषधसहित पाँचजना पक्राउ

By खबरहब

November 22, 2023

काठमाडौं– अवैध लागूऔषधसहित सुर्खेतबाट २ जना र चितवनबाट ३ जना गरी जम्मा ५ जना पक्राउ परेका छन् । 

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ तातापानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम, नगद ३ हजार रुपैयाँ, कैंची १ थान, प्लाष्टिकको टुक्रा १० वटा, प्लेट १ थान र मोबाइल २ थानसहित वीरेन्द्रनगर नगरपालिका-३ बस्ने ३६ वर्षीय बलभद्र खत्री समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले खत्रीको घरबाट उक्त लागूऔषध लुकाई राखेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

चितवनको राप्ती नगरपालिका-५ मंगलटाडीबाट नियन्त्रित लागूऔषध प्रोमिथाजाइन ६ सय ट्याब्लेट, ट्रमाडोल ६ सय ६० ट्याब्लेट र ट्रमाडोल ३० एम्पुल र नगद १८ हजार ९ सय ५० रुपैयाँसहित राप्ती नगरपालिका-५ बस्ने २७ वर्षीय सुनिल तामाङ समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषध किनबेच गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।