सांकेतिक तस्वीर

देश/प्रदेश

दुई जानको शव फेला

By खबरहब

November 22, 2023

चितवन– भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कलवडमा आज एक पुरुष र एक महिलाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार अन्दाजी ३०-३२ वर्षको उमेरका उनीहरूको शव भेटिएको हो।

शव दुईवटा बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको हुँदा शंकास्पद भएको उनले बताए। हातखुट्टा बाँधेर बोरामा हालेर फालेको अवस्थामा शव भेटिएको र घटनाको अनुसन्धान सुरु गरिएको प्रवक्ता पण्डितले जानकारी दिए।