समाचार

एपी वान टीभीले दूर्गा प्रसाईंको अन्तरवार्ता रोकेको भूषण दाहालको गुनासो

By खबरहब

November 22, 2023

काठमाडौं । टेलिभिजन प्रस्तोता भूषण दाहालले दूर्गा प्रसाईंसँग लिइएको अन्तरवार्ता रोकिएको गुनासो गरेका छन् । एपी वान टेलिभिजनले प्रसाईंको अन्तरवार्ता रोकेको भन्दै उनले खेद व्यक्त गरेका छन् ।

दाहालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वाह ! लोकतन्त्र । ३५ बर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक, बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपी वान एचडीबाट प्राप्त भएकाले, खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु ।’