१९ देखि २७ अगस्टसम्म हंगेरीमा भएको विश्व एथलेटिक्स च्याम्पियनसिपमा नेपालका आयुष खत्रीले अत्यन्त कमजोर प्रदर्शन गरे। प्रतियोगिताको पहिलो दिन नै भएको प्रिमीलीनरी चरणमा आयुषले ११ दशमलव ०७ सेकेन्डमा समय पुरा गरे। उनको सिजन वेस्ट र पर्सनल वेस्ट समय ११.०१ सेकेन्ड थियो। अमेरिकामा रहेका आयुषलाई नेपाल एथलेटिक्स संघले कुनै छनोट प्रतियोगिता बिना खल्तीबाट नाम निकालेर सहभागी गराएको थियो।
विश्व च्याम्पियनसिपमा सहभागी हुने नेपालको स्तर नभए पनि सबै देशलाई सहभागी गराउने वर्ल्ड एथलेटिक्सको नीति अनुसार अवसर पाएको हो। यसलाई अवसरको रुपमा लिनुपर्ने नेपालले बिना कुनै छनोट सहभागी गराएको हो। यसले नेपाली एथलेटिक्स खेलाडीमा आक्रोश थपिएको छ।
नेपाल एथलेटिक्स सङ्घको यो गतिविधि यत्तिमा सीमित छैन। उज्बेकिस्तानको तासकन्दमा अप्रिल महिनामा भएको पाँचौँ यु-१८ एसियाली च्याम्पियनसिपमा नेपालकी रेस्मा सुवेदीले सहभागिता जनाएकी थिइन्।
सुवेदी संयुक्त अरब इमिरेट्सको दुबईमा बसोबास गर्दै आएको सङ्घका अधिकारी नै बताउँछन्। सङ्घका पूर्व महासचिव तथा हालका तदर्थ समितिका सदस्य धनवीर चौधरीले सो नाम अध्यक्ष राजीवविक्रम शाहले अन्य कसैसँग पनि सल्लाह नगरेर पठाएको बताए।
विश्व च्याम्पियनसिपमा सहभागी हुने नेपालको स्तर नभए पनि सबै देशलाई सहभागी गराउने वर्ल्ड एथलेटिक्सको नीति अनुसार अवसर पाएको हो। यसलाई अवसरको रुपमा लिनुपर्ने नेपालले बिना कुनै छनोट सहभागी गराएको हो। यसले नेपाली एथलेटिक्स खेलाडीमा आक्रोश थपिएको छ।
वर्ल्ड एथलेटिक्सको तथ्यांक अनुसार सुवेदीले नेपालमा २०२१ को मार्चमा भएको गोल्डेन एथलेटिक्स मिटमा १०० मिटर दुरी १२ दशमलव ५९ सेकेन्डमा तय गरेकी थिइन्। सो रेकर्ड यु–२० राष्ट्रिय कीर्तिमानको रूपमा छ। त्यसपछि सुवेदीले सन् २०२२ मा भएको चौथो एसियाली यु–१८ एथलेटिक्स च्याम्पियनसिपमा १२ दशमलव ८३ सेकेन्डमा दुरी तय गरेकी थिइन्।
झन् पछि झन् बढी समय लगाएको वर्ल्ड एथलेटिक्सको डेटा बेसबाट प्रस्ट भएको छ। यसै वर्ष तासकन्दमा भएको सोही प्रतियोगिताको पाँचौँ संस्करणमा रेश्माले १२ दशमलव ९६ सेकेन्ड समयमा दुरी तय गरेकी थिइन्। सोही प्रतियोगितामा दुई सय मिटरमा पनि सहभागिता जनाएकी उनले २६ दशमलव ९१ सेकेन्डमा दुरी तय गरेकी थिइन्।
यी सबै कुराको छानबिन गर्ने थलो साधारण सभा हो। जसरी सरकारी कामको मूल्याङ्कन गर्दै आम निर्वाचनले अर्को कार्यकालको म्यान्डेटका लागि आवधिक निर्वाचनमा जाने प्रचलन छ, त्यसैगरी कुनै सङ्घको कामको पनि समीक्षा गर्दै नयाँ म्यान्डेटको माग गर्ने शैलीसमेत अहिले मिच्न थालिएको छ।
साह नेतृत्वको एथलेटिक्स सङ्घको कार्यकाल सकिएपछि राष्ट्रिय खेलकुद परिषद्ले निर्वाचन प्रायोजनका लागि उनकै अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो। अहिले शाह निर्वाचन नगरेर अन्य कसैसँग सम्पर्क नगरी हिँडेको आरोप चौधरीको छ। बङ्गलादेशको ढाकामा २६ जनवरीमा आयोजना हुने वङ्गबन्धु सेख मुजीव ढाका म्याराथनमा सहभागी हुन नेपालले नाम दर्ता गराएको छ।
नेपालका कुनै पनि सङ्घको वार्षिक क्यालेन्डर छैन। साथै कुन प्रतियोगितामा कसलाई सहभागी गराउने र छनोटको मापदण्ड के भन्ने पनि यकिन छैन। सङ्घ नेतृत्वलाई मन लागेको समयमा छनोट प्रतियोगिता आयोजना गर्ने या अन्तिम समयमा आफू अनकुल क्राइटेरिया बनाउने नेपालका प्राय संघको शैली नै बनेको छ।
प्रतियोगिताका लागि पनि छनोट गरिएको थिएन। नेपालका लागि तीन पुरुष र तीन महिलाको आमन्त्रण आए पनि तीन महिला र दुई पुरुष मात्र सहभागी गराइएको छ। सङ्घ अध्यक्ष शाहले कुनै प्रशिक्षक र प्राविधिक व्यक्तिसँग सल्लाह नै नगरेर नाम नपठाएको चौधरीको आरोप छ।
यस्ता उदाहरण अन्य धेरै खेलमा हुन सक्छन्। नेपालका कुनै पनि सङ्घको वार्षिक क्यालेन्डर छैन। साथै कुन प्रतियोगितामा कसलाई सहभागी गराउने र छनोटको मापदण्ड के भन्ने पनि यकिन छैन। सङ्घ नेतृत्वलाई मन लागेको समयमा छनोट प्रतियोगिता आयोजना गर्ने या अन्तिम समयमा आफू अनकुल क्राइटेरिया बनाउने नेपालका प्राय संघको शैली नै बनेको छ। लामो इतिहास भएको सङ्घको यो हर्कत यथावत् छ।
त्यसो त पौडीको सर्वोच्च संस्था वर्ल्ड एथलेटिक्सले तयार गरेको योग्यताको आधारमा कुनै पनि विश्व स्तरीय प्रतियोगितामा सहभागिता जनाउने ल्याकत नेपाली पौडीको पनि छैन। पौडीमा पनि एथलेटिक्समा झैँ सबै देशलाई सहभागी गराउने नीति अनुसार प्रतियोगितामा सहभागी गराइन्छ।
नेपाल ब्याडमिन्टन संघले वरीयताको आधार जनाएको थियो। केही खेलाडीले छनोट नै नगरी सहभागी गराएकोमा असन्तुष्टि व्यक्त गरेका थिए। महत्त्वपूर्ण खेलमा समेत छनोट नहुने या छनोटको मिति अन्तिम समयमा मात्र हुने कारणले कुनै पनि खेलाडीले त्यस अनुसारको तयारी गर्न पाउँदैनन्।
नेपाल पौडी संघले पनि नत वार्षिक क्यालेन्डर तयार पार्ने गरेको छ। न त वर्षको सुरुवातमा छनोटको क्राइटेरिया बनाउने गरेको छ। सङ्घका एक सदस्य भन्छन्, ‘समय भएमा छनोट प्रतियोगिता आयोजना हुन्छ। समय नभएमा वरीयताको आधारमा हुन्छ।’ वर्षको सुरुवातमा नै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको सहभागिताको कुनै क्राइटेरिया बनाइएको हुँदैन।
सङ्घका महासचिव जगतमान श्रेष्ठ पनि वार्षिक क्यालेन्डर नभएको कुरा स्वीकार गर्छन्। उनले समयलाई आधार मानिए पनि नेपालको अवस्था असहज भएको बताए। यसै वर्ष अस्ट्रेलियामा भएको एक ब्याडमिन्टन प्रतियोगितामा नेपाली सहभागी हुने क्रममा कुनै छनोट नभएपछि यसले व्यापक असन्तुष्टि पैदा गराएको थियो।
नेपाल ब्याडमिन्टन संघले वरीयताको आधार जनाएको थियो। केही खेलाडीले छनोट नै नगरी सहभागी गराएकोमा असन्तुष्टि व्यक्त गरेका थिए। महत्त्वपूर्ण खेलमा समेत छनोट नहुने या छनोटको मिति अन्तिम समयमा मात्र हुने कारणले कुनै पनि खेलाडीले त्यस अनुसारको तयारी गर्न पाउँदैनन्।
नेपालका धेरै खेलाका अधिकतम राष्ट्रिय खेलाडीहरू विभागीय टोलीमा आबद्ध छन्। त्यो पनि सुरक्षा निकायसँग सम्बन्धित नेपाली सेना, नेपाल एपीएफ र नेपालमा प्रहरीमा उनीहरू सम्बन्धित छन्। छनोट प्रतियोगिताको मिति पनि संघले एक्कासी राखेको कारण धेरै खेलाडीले महत्त्वपूर्ण प्रतियोगिता गुमाएको विगत धेरै खेलमा छ।
राष्ट्रिय खेलकुद परिषद्का तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा धेरै प्रशिक्षकको ‘ट्रेनिङ साइकल’ को प्रचलन नभएको कुरा स्वीकार गर्छन्। शर्मा आफै पनि नेपाली खेलकुदको यो अवस्था साँच्चै विकराल भएको स्वीकार गर्छन्।
सुरुवातमा क्राइटेरिया नबनाई नेतृत्वले सिधै नाम पठाउने प्रचलन त खराब नै भयो। अन्तिम समयमा छनोट प्रतियोगिताको मिति घोषणा गर्ने प्रचलनले पनि धेरै जना अझै मर्कामा छन्। यसरी अन्तिम समयमा छनोट मिति तय गर्ने शैलीलाई सबै प्राविधिकले स्वीकार गर्नुले कुनै पनि खेलका प्रशिक्षकले ‘ट्रेनिङ साइकल’ बनाएर प्रशिक्षण गराउँदैनन् भन्ने समेत पुष्टि भएको छ।
राष्ट्रिय खेलकुद परिषद्का तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा धेरै प्रशिक्षकको ‘ट्रेनिङ साइकल’ को प्रचलन नभएको कुरा स्वीकार गर्छन्। शर्मा आफै पनि नेपाली खेलकुदको यो अवस्था साँच्चै विकराल भएको स्वीकार गर्छन्।