खेलकुद

स्पेनिस ला लिगा : डिपोर्टिभो अलाभेसमाथि रियल मड्रिडको जित 

By खबरहब

December 22, 2023

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा डिपोर्टिभो अलाभेसलाई १–० गोलले हराउँदै रियलले जित निकालेको हो ।

रियलका लागि लुकास भाजक्वेजले एक गोल गरेका थिए । उनले खेलको दोस्रो हाफको इन्जुरी समयमा गरेको गोल नै रियलको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै रियल मड्रिड शीर्ष स्थानमा फर्किएको छ । जारी लिगमा १८ खेलबाट ४५ अंक बनाएको रियल शीर्षस्थानमा उक्लिएको हो ।

गएरातिकै अर्को खेलमा शीर्ष स्थानको जिरोना रियाल बेटिससँग १–१ को बराबरीमा रोकिएपछि रियाल मड्रिड गोलअन्तरको आधारमा शीर्षस्थानमा फर्किएको हो ।

पराजित भएको अलाभेस १६ अंकका साथ १६औँ स्थानमा छ ।