देश/प्रदेश

कांग्रेस मधेस प्रदेश सम्मेलन : बन्दसत्र जारी

By खबरहब

December 22, 2023

काठमाडौँ– नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलन आज पनि जारी रहेको छ । हिजो जनकपुरस्थित महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा सुरुभएको सम्मेलनको आज बन्दसत्र चलिरहेको छ ।

बन्दसत्रमा प्रदेश महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठले सांगठनिक र राजनीतिक प्रतिवेदन पेस गरेका छन् । यस्तै कोषाध्यक्ष प्रदीप यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार बन्दसत्रमा मधेस प्रदेशका ८ जिल्लाबाट ८ सय २५ प्रतिनिधि सहभागी रहेका छन् ।

सम्मेलनको हिजो पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।