अपराध

सवारी चालक अनुमति पत्र बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

December 22, 2023

काठमाडौं – सवारी चालक अनुमति पत्र बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वतको फलेबास नगरपालिका-२ थापाठाना बस्‍ने ५० वर्षीय राज कुमार थापा रहेका छन् ।

थापाले इलेक्ट्राेनिक ड्राइभिङ लाइसेन्स (इडीएल) सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावली बमोजिमको प्रक्रिया नपुर्‍याई गैरकानूनी तवरले पीडितलाई ए र बी वर्गको सवारी चालक अनुमति पत्र बनाई दिन्छु भनी नक्कली सवारी चालक अनुमति पत्रको नक्कली प्रतिलिपि दिएर पटक पटक रकम लिई सम्पर्क विहीन भई ठगी गर्ने गरेकोले  उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले  पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु लगिएको प्रहरीले जनाएको छ ।