अपराध

कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद

By खबरहब

December 22, 2023

काठमाडौं– बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहस्थित भन्सार इलाकाबाट बिहीबार सशस्त्र प्रहरीले ५ वटा कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद गरेको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेले उल्लेखित बस्तु बरामद गरेको हो । बरामद बस्तु खैरो, कालो र रातो रङको छ भने ५ वटाको तौल ८१ ग्राम रहेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरीलाई देख्न साथै आफूले बोकेको झोला फालेर भागेका थिए । उनले फालेको झोला जाँच गर्ने क्रममा कस्तुरीको बिना जस्तो देखिने बस्तु फेला परेको हो ।

बरामद कस्तुरीको बिना जस्तो देखिने बस्तु आवश्यक अनुसन्धान कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको छ ।