समाचार

जसपाको प्रशिक्षण सम्पन्न

By खबरहब

December 22, 2023

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ । मधेस प्रदेशको जनकपुरस्थित रमन टावरमा सोमबारदेखि तीन दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना भएको थियो ।

मंगलबारदेखि आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादवले, समाजवाद, मधेस र पत्रकारिता विषयमा सहभागीहरूलाई प्रशिक्षण दिए ।

त्यस्तै पार्टीका राजनीतिक समिति सदस्य अर्जुन थापाले सामाजिक लोकतन्त्रमा लोककल्याणकारी राज्यको अवधारणा विषयमा प्रशिक्षण दिएका थिए ।

प्रेस मञ्च, नेपाल मधेस प्रदेश समितिले आयोजना गरेको प्रशिक्षणमा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारसहित करिब एक सय जना प्रतिनिधि सहभागि भएका थिए ।