खेलकुद

पोखरासँग बराबरीमा रोकिएको धनगढी एनएसएलको प्लेअफमा

By खबरहब

December 22, 2023

काठमाडौं – धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा छनोट भएको छ । पोखरा थन्डर्ससँग १-१ गोलको बराबरी खेल्दै धनगढी प्लेअफमा छनोट भएको हो ।

दशरथ रंगशालामा भएको खेलमा मिलन राईको गोलमा अग्रता दिएको धनगढीले अग्रता कायम राख्न नसक्दा बराबरीमा रोकिन पुग्यो ।

शीर्ष स्थानको पोखरालाई हराउँदै धनगढीलाई पहिलो क्वालिफायरमा छनोट हुने अवसर थियो । तर बराबरीको नतिजासँगै पोखराले शीर्ष स्थानमा रहदै पहिलो क्वालिफायरमा स्थान बनाएको छ ।

पोखरालाई हारबाट जोगाउन भने खेलको अन्तिम मिनेटमा मोसेस ग्याम्बाले हेडमार्फत गोल गरे ।

लिगमा शीर्ष स्थानको पोखराले १५ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको धनगढीले ८ खेलबाट १३ अंक जोड्यो । आजै हुने दोस्रो खेलमा झापा एफसी र एफसी चितवन भिड्नेछन् ।