राजनीति

राष्ट्रियसभा उम्मेदवारको नाम एक साताभित्र पठाउन माओवादीको निर्देशन

By खबरहब

December 22, 2023

काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभाका उम्मेदवारको नाम एक साताभित्र पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

तीन दिनसम्म बसेको पदाधिकारी बैठकपछि माओवादीले प्राथमिकताका आधारमा बढीमा तीन जनासम्म प्रस्तावित उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर पठाएको हो ।

२० सिटका लागि राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते हुँदैछ । निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन आयोगको कार्यसूची छ ।