समाचार

चितवनमा मानव कंकाल फेला

By खबरहब

December 22, 2023

चितवन– चितवनमा एक मानव कंकाल फेला परेको छ । प्रहरीका अनुसार राप्ती नगरपालिका–१२ स्थित खोल्सोमा एक मानव कंकाल फेला परेको हो । 

उक्त कंकाल स्थानीय ८३ वर्षीय जंगे तामाङको भएको भनी आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ । तामाङ गत २६ वैशाखदेखि सम्पर्कविहीन भएका थिए । तर, बिहीबार जंगलमा घाँस काट्न गएका स्थानीयवासीले कंकाल र कपडा देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

मुचुल्का गरेर उक्त कंकाललाई पोस्टमार्टमका लागि  भरतपुर सरकारी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।