फाइल फोटो

ब्रेकिङ स्टोरी

काठमाडौंका विद्यालयमा अनुशासन इन्चार्ज नराख्न महानगरको निर्देशन

By खबरहब

December 22, 2023

काठमाडौं – काठमाडौं महानगरपालिकाले विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न निर्देशन दिएको छ ।

डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय समेत दिने गरेको पाइएको भन्दै महानगरले नराख्न सचेत गराएको हो ।

केही विद्यालयमा अनुशासन कायम राख्ने भन्दै अनुशासन इन्चार्ज (डीआई) राख्ने गरेको गुनासो आएको भन्दै त्यस्तो नगर्न निर्देशन जारी गरिएको महानगरले जनाएको छ ।