अन्तर्राष्ट्रिय

श्रीलंकामा १० हजारभन्दा बढी अपराधी पक्राउ

By खबरहब

December 22, 2023

कोलम्बो– श्रीलंकामा ६ दिनमा १० हजारभन्दा बढी अपराधी पक्राउ परेका छन् । श्रीलंकाको प्रहरीले हालै शुरु गरेको विशेष कारबाहीका क्रममा लागूऔषध सम्बन्धी अपराध र अन्य विभिन्न आपराधिक गतिविधिमा संलग्न १० हजारभन्दा बढी संदिग्धहरूलाई पक्राउ गरेको छ। 

लागूऔषध ओसारपसार तथा संगठित आपराधिक गतिविधि नियन्त्रण गर्न डिसेम्बर १७ गतेबाट शुरु गरिएको विशेष अभियानमा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ परेका १० हजार ४ सय ५६ जना मध्ये ५ सय १७ जनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ । प्रहरीले हेरोइनसहित अन्य लागूऔषध कारोबार अपराधमा प्रयोग गरिएका सवारीसाधन समेत बरामद गरेको छ ।

यसै बीच श्रीलंका सार्वजनिक सुरक्षा मन्त्री तिरन एलेसले सरकारले जस्तोसुकै कठिन परिस्थितिमा पनि अवैध गतिविधिका विरुद्ध कारबाही जारी राख्ने बताएका छन् ।