फाइल तस्बिर

ब्रेकिङ स्टोरी

प्रदेशलाई अधिकार नदिए आन्दोलन गर्ने मुख्यमन्त्री कार्कीको चेतावनी

By खबरहब

December 22, 2023

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधान अनुसार अधिकार दिएर तीनै तहको सरकारलाई सहकार्यका साथ काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।

सुनसरीको भोक्राहामा निर्माण भएको ४०० केभीए सबस्टेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले प्रदेशलाई संविधानले दिएको अधिकार चाँडो हस्तान्तरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे ।

संविधान प्रदत्त अधिकार केन्द्रले हस्तान्तरण नगरे प्रदेश सरकार सङ्घर्षमा उत्रिने उनको चेतावनी छ ।