ब्रेकिङ स्टोरी

बीमा बोर्डका कार्यकारी निर्देशक बसौलालाई निलम्बन नगर्न सर्वोच्चको आदेश

By खबरहब

December 22, 2023

काठमाडौं – स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनीलकुमार फुयालको संयुक्त इजलासले डा. बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बसौलालाई गत कात्तिकमा तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट असोज ४ गते स्पष्टीकरण सोधेको थियो ।

त्यसपछि मन्त्री बस्नेतले उनलाई निलम्बन गर्ने निर्णय गरेका थिए । असोज २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम उनलाई ३ महिनाका लागि निलम्बन गरिएको थियो ।

मन्त्रिपरिषदको निर्णयविरुद्ध डा. बसौला १७ कात्तिकमा सर्वोच्च गएका थिए ।