खेलकुद

झापा चितवनसँग स्तब्ध, प्लेअफ सम्भावना कठिन

By खबरहब

December 22, 2023

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा झापा एफसी चितवन एफसीसँग २-० ले पराजित भएको छ ।

यो हारसँगै झापाको प्ले अफ सम्भावना कठिन बन्यो । झापा सबै ८ खेल खेलिसक्दा तालिकाको चौथो स्थानमा छ । तर उसलाई काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेडले पछि पार्ने गणितीय समीकरण छ ।

दशरथ रंगशालामा भएको खेलमा चितवन एफसीको जितमा रफिक अमिनुले २ गोल गरे ।

झापालाई हराएको चितवनको ८ खेलबाट ९ अंक भयो तर उसको प्लेअफ सम्भावना यसअघि नै सकिएको थियो ।