राजनीति

निषेधको राजनीतिले मुलुक अघि बढ्दैन : महासचिव गुरुङ

By खबरहब

December 22, 2023

लमजुङ – नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले निषेधको राजनीतिले मुलुक अघि बढ्न नसक्ने बताएका छन् ।

आज बेँसीसहरमा आयोजित कार्यक्रममा बोल्दै उनले सबै राजनीतिक दलबीच सहमति र सहकार्य गरेरै मात्र जनताले विकास पाउन सक्ने बताए ।

सामाजिक एकताका लागि सबै जातजाति, भाषाभाषी एकजुट भएमा देशको समृद्धि र विकास सम्भव रहेको उनको भनाइ छ ।