सूचना-प्रविधि

विश्व इतिहासमा आजका दिन भएका महत्वपूर्ण घटना

By खबरहब

January 23, 2023

काठमाडौँ – आज २३ जनवरी। आजका दिन विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाक्रम :

१५५६ मा चीनमा विनाशकारी भूकम्प गएको थियो । सान्सी प्रान्तको वेई नदी उपत्यकामा केन्द्रबिन्दु भएको सो भूकम्पका कारण ८ लाख भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

सन् १९६४ मा अमेरिकी संविधानको चौबीसौं संशोधन भएको थियो ।

सन् १९५० मा इजरायलले जेरुसेलमलाई राजधानी घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय विरोधका बाबजुद विभाजित सहरलाई राजधानी बनाउने प्रस्तावलाई केन्सेटले पारित गरेको थियो ।