फाइल फोटो

राजनीति

कांग्रेस पदाधिकारी बैठक बस्दै

By खबरहब

January 23, 2023

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले बस्दैछ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहान साढे ९ बजे बैठक बोलाइएको हो।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने बताइएको छ ।

बैठकमा आगामी केन्द्रीय समिति बैठकको तयारी, राष्ट्रपतिको निर्वाचनलगायतका विषयमा पनि छलफल हुने छ ।

कांग्रेसले केन्द्रीय समिति बैठक माघ १५ गते बोलाएको छ ।

आइतबार मात्रै शेखर कोइराला समूहको छुट्टै भेला भएको थियो।