फाइल फोटो

राजनीति

उपसभामुख रानाद्धारा पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा

By खबरहब

January 23, 2023

काठमाडौँ- प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले दलीय आबद्धताबाट अलग भएको घोषणा गरेकी छन् ।

प्रतिनिधिसभाको यही माघ ७ गतेको बैठकबाट निर्वाचित भएपछि उनले उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वासनीय बनाउन त्यो पदमा रहुञ्जेल पार्टीको सम्पूर्ण राजनीति र साङ्गठनिक जिम्मेवारीबाट अलग रहेको आज घोषणा गरेकी हुन् ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित भएका थिइन् । उनले आजै उपसभामुख पदको सपथ लिँदै छिन्।