राजनीति

नवनिर्वाचित उपसभामुख इन्दिराले आज शपथ लिने

By खबरहब

January 23, 2023

काठमाडौँ – नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज शपथग्रहण गर्दैछिन्।

आज साँझ ५ बजे रानाले शपथ ग्रहण गर्ने संसद सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको उपसभामुखमा राना शनिबार निर्वाचित भएकी हुन्।

बिहिबार मत विभाजन हुँदा रानामगरको पक्षमा १ सय ६६ र विपक्षमा ९७ मत परेको थियो।

झापा अर्जुनधाराकी रानामगर समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिएकी हुन्।