तस्विर- भुपेन्द्र राईको फेसबुकबाट

राजनीति

प्रदेश १ मा कांग्रेस प्रमुख सचेतकमा राई नियुक्त

By खबरहब

January 23, 2023

विराटनगर– नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा भुपेन्द्र राई नियुक्त भएका छन । 

नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता उद्धव थापाले प्रमुख सचेतकमा राईलाई  नियुक्त गरेका हुन । 

नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको बिद्यान २०७४ को दफा ११ (१) मा व्यवस्था भए अनुसार तपाईँलाई प्रदेश नम्बर १ को संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेको छ’,  दलका नेता थापाले काटेको पत्रमा उल्लेख छ ।