फाइल फोटो

खेलकुद

मकवानपुर गोल्डकप माघ २९ गतेदेखि सुरु हुने 

By खबरहब

January 23, 2023

काठमाडौं– माघ २९ गतेदेखि पाँचौ स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता मकवानपुर गोल्डकप सुरु हुने भएको छ ।

मकवानपुर जिल्ला फुटबल संघ हेटौंडाको आयोजनामा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा दुई वटा विदेशी क्लबसहित १२ क्लबको सहभागिता रहने आज हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।

प्रतियोगिता पिप्ले क्याम्पा रङ्गशाला हेटौंडामा हुनेछ । फुटबल प्रतियोगितामा प्रथम हुनेलाई १५ लाख रुपैयाँ र द्वितीय हुनेलाई १० लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले जानकारी दिए । 

यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीलाई २५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा मनाङ्ग मर्स्याङदी, थ्री स्टार, त्रिभुवन आर्मी, हिमालयन शेर्पा, सातदोबाटो युवा, नेपाल पुलिस, एपीएफ, एनआरटी, मच्छिन्द्र, जावलाखेल युथ, एभिनिर एफसी क्यामरुन,आयोजक मकवानपुरले सहभागिता जनाउने सम्भावना रहेको आयोजकले जनाएको छ ।