फाइल फोटो

समाचार

‘राष्ट्रपतिमा विदेशीको सिफारिस चल्नु लज्जास्पद’

By खबरहब

February 23, 2023

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गरेको देख्दा लज्जा भएको बताएको छन् ।

बिहीवार सामाजिक सञ्जालमार्फत रावलले देश र जनताका लागि छलफल गरेको भए जनतालाई राहत हुन्थ्यो तर त्यो नगरेको पनि बताएका छन ।

‘पदका लागि शीर्ष नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि ?’ रावलले भनेको छन्, ‘नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झरिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्नथाले । लज्जास्पद र निन्दनीय ।’