आर्थिक

प्रि-ओपन सेसन नेप्से १-९१ अंकले ओरालो

By खबरहब

February 23, 2023

काठमाडौं- प्रि-ओपन सेसनमा बिहीबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा १-९१ अंकले ओरालो लागेर २०७८ विन्दुमा आएको छ ।

यससँगै ३० कम्पनीको २ हजार २४५ कित्ता सेयर खरिदबिक्री हुँदा १३ लाख ९३ हजार ५५३ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल १२ कम्पनीमा उकालो लागेको छ भने १५ कम्पनी घटेको छ । ३ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसुचकहरु मध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।