ब्रेकिङ स्टोरी

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

By खबरहब

February 23, 2023

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।  राजनीतिक दलहरूमा भावी राष्ट्रपतिको विषय पेचिलो बनिरहेका बेला उनीहरूबीच भेटवार्ता भएको हो । 

सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच पुरानो पाँच दलीय गठबन्धनका विषयमा पनि छलफल भएको छ । 

पाँच दलीय गठबन्धन ब्युँताएर नयाँ राष्ट्रपति चयन गर्ने कि एमालेसहित गठबन्धनमा एकीकृत समाजवादीलाई सहभागी गराउने विषयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच छलफल भएको छ ।