समाचार

मन्त्री श्रेष्ठद्वारा कलंकी-महाराजगञ्ज सडक खण्डको निरीक्षण

By खबरहब

February 23, 2023

काठमाडौं– उपप्रधान तथा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीले बिहीबार कलंकी–महाराजगञ्ज सडक खण्डको निरीक्षण गरेको छ । 

मन्त्री श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छन सोङ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले कलंकी–महाराजगञ्ज सडक खण्डको संयुक्त निरीक्षण गरेको हो । 

निरीक्षणपछि मन्त्री श्रेष्ठले कलंकीदेखि महाराजगञ्जसम्मको सडक विस्तारको काम चाँडै सुरु हुने र यसमा चीन सरकार सहमत भइसकेको जानकारी दिए ।

उनले सो सडकखण्डमा पर्ने स्वयम्भूका संरचनाहरू नभत्काइकन सडकको डिजाइन परिवर्तन गर्ने सहमति भएको जानकारी दिए । तर, बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिरहरू भने सारिने उनले बताए ।