राजनीति

जनयुद्ध दिवस मनाउने सरकारी निर्णय गलत : अध्यक्ष ओली

By खबरहब

February 23, 2023

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने गरी सरकारले गरेको निर्णय सही नभएको टिप्पणी गरेका छन् ।

एमाले अध्यक्ष ओलीको आज परेको ७२ औँ जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा नेपाल अफ्रो एशियाली जनएकता सङ्गठनले आयोजना गरेको पुस्तक विमोचनमा उनले सो धारणा राखेका हुन् । विमोचन कार्यक्रममा उनले नेपाली जनता हिंसाको पक्षमा नरहेको बताएका छन् ।

सो सङ्गठनले प्रकाशन गरेको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन गर्दै उनले नेपाली जनतालाई अब कुनै पनि प्रकारको हिंसा मान्य नहुने बताए ।