समाचार

ज्ञानलाई विज्ञानसँग जोडे मात्र विश्वविद्यालयको शिक्षा गुणस्तरीय हुन्छ : प्रधानमन्त्री प्रचण्ड

By खबरहब

February 23, 2023

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्ञानलाई विज्ञानसँग जोडे मात्र विश्वविद्यालयको शिक्षा गुणस्तरीय हुने बताएका छन् ।

बिहीबार दिउँसो बालुवाटारमा राजर्षि जनक विश्वविद्यालयको छैठौँ सभामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

‘यो विश्वविद्यालय एकातर्फ हाम्रो प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको हाम्रो अगाध आस्था र विश्वासको द्योतक हो भने अर्कोतर्फ विगतमा ज्ञान–विज्ञानको क्षेत्रमा समृद्ध भूमिको रूपमा परिचित मधेश प्रदेशलाई पुनः ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने सरकारको नीतिको सम्पुष्टि समेत हो,’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने ।