राजनीति

राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई धोका दिँदैन : अध्यक्ष ओली

By खबरहब

February 23, 2023

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई धोका नदिने दाबी गरेका छन् ।

बिहीबार बालकोटमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले प्रचण्डले एमालेसँग पुस १० गते नै सम्झौता गरिसकेको भन्दै अरुलाई माओवादीले समर्थन नगर्ने दाबी गरेका हुन् ।

ओलीले एमालेसँग सहमति भइसकेको अवस्थामा माओवादीले अरुसँग सम्झौता गर्न नमिल्ने जिकिर गरे ।

पुरानो गठबन्धन ब्युतिने चर्चा भइरहेका बेला ओली भने सत्ता गठबन्धन नभत्किनेमा विश्वस्त देखिएका छन् ।