फाइल तस्वीर

देश/प्रदेश

चक्रपथ विस्तारको काम तीव्र रुपले अघि बढ्छ : उपप्रधानमन्त्री श्रेष्ठ

By खबरहब

February 23, 2023

काठमाडौँ- उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चक्रपथ विस्तारको काम तीव्र रुपले अघि बढ्ने बताएका छन् ।

बिहीबार चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत कलङ्कीदेखि बसुन्धरा क्षेत्रको स्थगलत अनुगमनका क्रममा मन्त्री श्रेष्ठले सडक विस्तारका क्रममा देखिएका समस्याको समधान भइसकेकाले अब तीव्र रुपले काम अघि बढ्ने बताएका हुन् ।

सडक विस्तारका क्षेत्रमा खम्बासहितका भौतिक संरचनाका कारण अवरोध भइरहेकामा अधिकांश क्षेत्रका साइट खाली भइसकेका भन्दै मन्त्री श्रेष्ठले अब कामलाई तीव्रता दिने बताए । उनले सडकमा रहेका बिजुलीका खम्बा र केहि संरचनाहरु हटाउने काम भएको जानकारी दिए

अनुगमनका क्रममा नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलगायत सहभागी थिए ।