आर्थिक

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

By खबरहब

February 23, 2023

काठमाडौँ- नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी बिहीबारबाट काठमाडौंमा सुरु भएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले संयुक्त रुपमा आयोजना गरेको मेलाको शहरी विकासमन्त्री विक्रम पाण्डेले उद्घाटन गरे ।

नेपाल बिल्डकनका साथै नेपाल हाउजिङ्ग एण्ड इनभेस्टमेन्ट एक्स्पो, नेपाल हेभी इक्युपमेन्ट एन्ड कन्सट्रक्सन एक्स्पो फाल्गुन १४ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्यातीप्राप्त ब्राण्डहरुका २०० भन्दा बढी स्टल रहेका छन् । अन्तर्राष्ट्रिय प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनीहरू, अपार्टमेन्ट कम्पनीहरू, प्रि–फ्याब संरचनाहरू, युपीभीसी झ्याल ढोका उत्पादन गर्ने मेसिनरी, युपीभीसी प्रोफाइल लगाएतका सामाग्रीहरु राखिएको छ ।