खेलकुद

केपी ओली फुटबल प्रतियोगिता सुरु

By खबरहब

February 23, 2023

काठमाडौँ- नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा बिहीबारबाट केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसिप सुरु भएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार च्याम्पियनसिको उद्घाटन गरेका छन् ।

फाइनलबाहेक प्रतियोगिताका सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छ । फाइनल भने दशरथ रंगशालामा हुने युवा संघले जनाएको छ ।

१७ फागुनसम्म चल्ने प्रतियोगितामा ‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टीम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब छन् भने एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्नेछन् ।