राजनीति

नेकपा एस निकट अनेरास्ववियुद्वारा स्ववियु निर्वाचनका लागि परिचालन कमिटी गठन

By खबरहब

February 23, 2023

काठमाडौँ- नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आसन्न स्ववियु निर्वाचनका लागि परिचालन कमिटी गठन गरेको छ ।

फागुन ७ र ८ गते काठमाडौंमा बसेको स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुले अध्यक्ष सुदेश पराजुलीको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय स्ववियु निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

बैठकले स्ववियु निर्वाचनको स्वागत गर्दै अन्य विश्वविद्यालयमा पनि स्ववियु निर्वाचनको मिति घोषणा गर्न माग गरेको अनेरास्ववियुका अध्यक्ष पराजुलीले जानकारी दिए ।

पराजुलीले स्ववियु निर्वाचन निष्पक्ष, भयरहित, धाँधलीरहित र मर्यादित बनाउनका लागि अनुरोध गरिएको बताए । बैठकले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिने सरकारको निर्णय खारेज गर्न माग गरेको उनले जानकारी दिए ।

त्यस्तै बैठकले त्रिभुवन विश्वविद्यालय भित्रको निजिकरण तत्काल अन्त्य गर्न पनि माग गरेको छ ।