ब्रेकिङ स्टोरी

तीन दलको बैठकपछि प्रचण्डले भने- ‘छलफल चलिरहेको छ, भोलि ओलीसँग भेट्छु’

By खबरहब

February 23, 2023

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनका विषयमा शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् ।

आज नेकपा एस र जसपासँगको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले राष्ट्रपतिको विषयमा कुनै निष्कर्षमा नपुगेको र भोलि ओलीसँग छलफल गर्ने बताएका हुन् ।

प्रचण्डले भने, ‘छलफल चलिराखेको छ, फाइनल भइसक्या छैन । भोलि एमाले अध्यक्षसँग पनि भेट्छु ।’

बुधबार नेपाली कांग्रेससँग छलफल गरेका उनले बिहीबार जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेका हुन् ।