राजनीति

तत्कालीन पाँचदलीय गठबन्धनको बैठक बस्न सकेन

By खबरहब

February 23, 2023

काठमाडौँ – तत्कालीन पाँचदलीय गठबन्धनको बैठक स्थगित भएको छ । आसन्न राष्ट्रपति निर्वाचनको विषयमा निर्णायक छलफल गर्न बस्ने भनिएको बैठक आवश्यक तयारी नपुगेका कारण स्थगित गरिएको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज निर्णायक छलफल हुने भनिएको थियो ।

यता नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल भएपनि कुनै निष्कर्षमा पुग्न नसकिएको बताएको छ । बैठक पनि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपतिको विषयमा टुंगो लागि नसकेको जानकारी दिए । उनले भने, ‘छलफल चलिराखेको छ, फाइनल भइसक्या छैन । भोलि एमाले अध्यक्षसँग पनि भेट्छु ।’