राजनीति

पत्रकार र सञ्चार माध्यमको सुरक्षाका लागि कोष स्थापना गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

By खबरहब

March 23, 2023

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार र सञ्चार माध्यमको पेसागत र भौतिक सुरक्षाका लागि कोष स्थापना गर्ने घोषणा गरेका छन् ।

सामुदायिक रेडियो प्रसारक संघ अकोराबको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पत्रकार र सञ्चार माध्यमको सुरक्षाका लागि कोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

सम्मेलनमा उनले पत्रकार र सञ्चारमाध्यमको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गर्ने बताए ।